भ्यालेन्टाइन डेमा उदय र मनिलाको सांगीतिक साँझ हुने

भक्तपुर, २९ माघ । भक्तपुरमै पहिलोपटक सफल र उत्कृष्ट गायन जोडी उदय सोतांग र मनिला सोतांगको सांगीतिक साँझ हुने भएको छ । भक्तपुर मिडिया प्रा.लि को आयोजनामा भ्यालेन्टाइन डे (प्रणय दिवस) को दिन मंगलबार भक्तपुर सल्लाघारीस्थित होटल ग्रिनल्याण्डमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम संयोजक मैंया त्वानाबासुले भ्यालेन्टाइन डे मनाउन काठमाडौं, नगरकोट, धुलिखेल लगायतका स्थानमा जाने स्थानीय युवायुवती ती विवाहित जोडीलाई भक्तपुरमै सांगीतिक मनोरञ्जन दिन उक्त कार्यक्रम गरिन लागेको भक्तपुर मिडिया प्रा.लिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । उनका अनुसार प्रतिष्ठित कलाकार ल्याएर भक्तपुरमा विशेष सांगीतिक कार्यक्रम गर्ने चलन नआइसकेकोले भक्तपुर मिडियाले पहिलो प्रयासस्वरुप उदय र मनिलाको सांगीतिक कार्यक्रम गरिएको हो ।

‘भ्यालेन्टाइन डे होस् या नयाँ वर्ष कहिल्यै पनि भक्तपुरका चर्चित र प्रतिष्ठित नेपाली कलाकार ल्याएर सांगीतिक कार्यक्रम गर्ने गरिएको छैन’, मैंयाले भनिन्, ‘यसले गर्दा भक्तपुरका संगीतका पारखीहरुलाई काठमाडौंलगायतका ठाउँमा जानुपर्ने बाध्यता रहँदै आएको छ । त्यसैले भक्तपुरमै कलाकार ल्याएर यहाँका युवायुवतीलाई मनोरञ्जन दिने उद्देश्यले सांगीतिक कार्यक्रम गरेका छौंं ।’उनले उदय र मनिलाको समेत भक्तपुरमा यो पहिलो कार्यक्रम हुने दावी गरिन् । ‘हाम्रो जानकारीमा रहेसम्म उदय र मनिला सोतांगको भक्तपुरमा यो पहिलो कार्यक्रम हो’, उनले भनिन्, ‘एकातिर भ्यालेन्टाइन डे र अर्कातिर उदय र मनिला पनि जीवनसाथी भएकोले कार्यक्रम रोमाञ्चक र मनोरम हुने हामीले विश्वास लिएका छौं ।’ कार्यक्रममा उदय र मनिलाले आफ्नो सांगीतिक समूहसँग मिलेर करिब दुई घन्टा आफ्ना चर्चित गीतहरु प्रत्यक्ष गाएर सुनाउनेछन् । त्यस्तै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने उनले बताइन् ।

साँझ ५ बजे हुने उक्त कार्यक्रममा प्रवेश शुल्क एकजनालाई पाँच सय र जोडीलाई आठसय रुपैयाँ तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>