सिद्धिस्मृति महिला तथा बाल अस्पतालद्धारा प्रसुति सेवा सुरु

        भक्तपुर २३ माघ । भक्तपुरको भेलुखेल स्थित सिद्धि स्मृति प्रतिष्ठानद्धारा संचालित सिद्धिस्मृति महिला तथा बाल अस्पतालले प्रसुति सेवा सुरु गरेको छ । भक्तपुर कै पहिलो महला तथा बाल अस्पतालको रुपमा स्थापना भएको यस अस्पतालमा अहिले प्रसुति सेवा संचालनमा ल्याएको अस्पतालका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलले बताउनुभयो । बाल अस्पतालको रुपमा चर्चामा आएको यस अस्पतालमा लामो समयदेखि महिलाको बिभिन्न रोगको उपचार हुदै आएपनि प्रसुति सेवा भने संचालनमा ल्याइएको थिएन । भक्तपुरका विपन्न तथा गरिब परिवारका लागि लक्षित गरि प्रतिष्ठानद्धारा संचालनमा ल्याईएको अस्पतालले प्रसुतिका लागि टाढाको अस्पताल जानु नपरोस र नजिकै सहज सेवा पाउन भन्ने उदेश्यले प्रसुति सेवा समेत संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

        यस जिल्लामा भक्तपुर अस्पतालमा धेरैवर्ष देखि प्रसुतिन सेवा संचालनमा आएपनि विशेष गरि उपचारका लागि थापाथली स्थित प्रसुति गृह वा पाटन अस्पताल लैजानेको संख्या अत्याधिक रहेपछि एक वर्ष अघि थिमीको कोरिया नेपाल मैत्री अस्पतालले पनि प्रसुति सेवा संचालनमा ल्याएको थियो ।  त्यसपछि यसै महिनादेखि प्रतिष्ठानले संचालनमा ल्याएको यस अस्पतालले भने भक्तपुर नगरपालिका, जिल्लाको सिपाडोल, नंखेल, चित्तपोल, ताथली, सडाल लगायतका क्षेत्रका वासिन्दालाई सहन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>