सार्वजनिक यातायातका साधनको अभावका कारण सर्वसाधारणलाई सास्ती

भक्तपुर, १ माघ । पेट्रोलियम पदार्थको अभावसंगै सार्वजनिक यातायातका साधनको अभावका कारण सर्वसाधारणलाई सास्ती भोगेका छन् । विशेष गरि साँझपख सार्वजनिक यातायातका साधन नपाईने भएपछि यात्रुहरुले सास्ती भोग्नु परेको यात्रुहरुले बताएका छन् । दिउँसो आधा भन्दा बढी र साँझ परेपछि अधिंकाश सार्वजनिक यातायातका साधन पेट्रोलियम पदार्थ भर्न पम्पमा लाईन बसे गरेकाले सडकमा यातायताका साधन नपाएर यात्रुहरुले सास्ती खेप्नु परेको हो ।

       साँझ परेपछि घर फर्कन सधै समस्या हुने गरेको भक्तपुर सुर्यविनायक की राजेश्वरी अर्यालले बताउनुभयो । विगत १५ दिनदेखि यातायातको साधन नपाएर साँझ घण्टौ कुर्नु पर्ने र कतिपय अवस्थामा ट्याक्सी लिएर जानुपर्ने बाध्यता आएको बताउनुभयो । अचेल सार्वजनिक यातायातका साधनको अभावले दैनिक सास्ती भोग्नु परेको कौशल्टार निवासी रमिता श्रेष्ठले बताउनुभयो ।

       यातायातका साधन नपाएर अफिसबाट घरमा जान ढिला हुँदा सधै घरमा श्रीमानसंगथ झगडा पर्ने गरेको र श्रीमानले शंकाको दृष्टिकोणले हेर्न थालेको गुनासो गर्नुभयो । ट्याक्सी लिएर जादाँ मंहगो पर्ने र सार्वजनिक यातायातका साधन नपाईने समस्याका कारण सधैजस्तो घरमा झगडा पर्ने गरेको अधिंकाशले गुनासो गरेका छन् । यातायातका साधन अभावले सर्वसाधारण यात्रुलाई सास्ती खेप्नु परेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>