भक्तपुर फाइनान्सको प्रथम साधारणसभा सम्पन्न


नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर फाइनान्सको प्रथम वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै ।mybhaktapur.com

भक्तपुर, ३० पुस । भक्तपुर फाइनान्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको शनिबार उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी लगानी निर्वाध रुपमा भित्रिन दिए स्वदे शी उद्योगी व्यवसायीहरु नाङ्गलो पसलेमा परिणत हुने चेतावनी दिएका छन् । विदेशी लगानीका बहुराष्ट्रिय कम्पनीहरुसँग स्वदेशी उद्योग तथा कलकार खानाले प्रतिस्पर्धा गर्न नसक्ने भएकोले देशको अर्थतन्त्रमा उनीहरुको एकाधिकार स्थापित हुनेसमेत उनले बताए ।
 
अध्यक्ष बिजुक्छेले भने, ‘केही करोड लगानी रहेको नेपाली उद्योग व्यवसायले अर्बांै लगानी भएको विदेशी लगानीका बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले विदेशी लगानीलाई नियन्त्रण गरिएन भने स्वदेशी उद्योगी व्यवसायीहरु नाङ्गलो पसलेमा परिणत हुनेछन् ।’ देशको राजनीतिक तथा  र्थिक व्यवस्था स्थिर र मजबुत नभएसम्म विदेशी लगानीलाई निर्वाध रुपमा भित्रन दिन नहुने उनको भनाइ थियो । अध्यक्ष बिजुक्छेले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो लगानी उत्पादनमूलक तथा रोजगारी सिर्जना हुने क्षेत्रमा नगरे नेपालको अर्थतन्त्रमा समेत अमेरिका र युरोपमा जस्तै संकट आउने बताए ।
 
‘अमेरिका तथा युरोपेली युनियनका देशको बजेटको अधिक अंश युद्ध र हतियारमा खर्च भएकाले उनीहरुले आर्थिक बन्दीको सामना गर्नुपरेको हो’, उनले भने, ‘ती देशका बैंकहरुको अत्धिक लगानी पनि अनुत्पादक क्षेत्रमा  भएकाले युवाहरुले वालस्ट्रिट कब्जा आन्दोलन गरेका हुन् । त्यसैले नेपाली बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो लगानी उत्पादनमूलक क्षेत्रमा गर्नु बुद्धिमानी हुनेछ ।’
 
उनले स्वदेशी लगानीकर्ताहरुलाई जनताले प्रत्यक्ष लाभ एवं काम पाउने रोजगार एवं उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । ‘उत्पादनमूलक क्षेत्र एवं रोजगारी सिर्जना हुने क्षेत्रमा बढी लगानी भए यसले मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्नेछ’, उनले भने । नेपाल राष्ट्र बैंकबाट गत माघ १८ गते  किङ्ग तथा वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त ‘ग’ वर्गको भक्तपुर फाइनान्सले सञ्चालनको पहिलो करिब ६ महिनामै ४९ लाख खुद नाफा गरेको छ । सञ्चालक समितिका अध्यक्ष चैत्यराज शाक्यका अनुसार फाइनान्सले १२ करोड ४२ लाख निक्षेप संकलन गरेकोमा आठ करोड आठ लाख ऋण लगानी रहेको छ । यस बाहेक ट्रेजरी बिल र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चार करोड २५ लाख लगानी रहेको उनले बताए । आर्थिक वर्ष २०६७÷६८ मा एक करोड ३१ लाख आम्दानीमा फाइनान्स सञ्चालन खर्च, कर, तथा कर्मचारीहरुको पारिश्रमिकलगायतमा संस्थाले ५७ लाख खर्चेर ७४ लाख मुनाफा कमाएको अध्यक्ष शाक्यले जानकारी दिए ।
 
उनले फाइनान्सले उत्पादनमूलक क्षेत्र र शिक्षा, स्वास्थ्य तथा पर्यटकको क्षेत्रमा लगानी गर्न प्राथमिकता दिएको जानकारी दिए । फाइनान्सले रेमिट्यान्स, बीमा, ट्रेडिङ्गलगायतका सेवासमेत सञ्चालन गरेको प्रवन्ध सञ्चालक गोविन्दमान श्रेष्ठले बताए । उनका अनुसार संस्थाले आगामी वर्षदेखि सुनचाँदी कर्जासमेत प्रवाह गर्नेछ । साथै सर्वसाधारणका लागि शेयर निष्कासन गर्नुका साथै एटीएम सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । फाइनान्सका एकसय ६ जना शेयर सदस्य रहेका छन् ।
 
 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>