भक्तपुर, पुस २८- राजस्व अनुसन्धान विभाग, पुल्चोकले भक्तपुरको सूर्यविनायक र राम मन्दिरस्थित ओम शान्ति टेलरिङमा छापा मारेको छ। यी दुवै पसलका कागजात कब्जामा लिएर शिलबन्दीसमेत गरेको छ। विभागले भ्याटमा दर्ता नै नभई पसल सञ्चालन गरेको र राजस्व नतिरेको आरोप लगाउँदै छापा मारेको यो टेलरिङका ५ शाखा छन्। काजीबाबु कोइरालाको नेतृत्वमा गएको टोलीले छापा मारेको हो। टेलरिङ सञ्चालक झरीलाल खङ्गले सानो कारोबार हुने भएकाले भ्याटमा दर्ता गर्नु आवश्यक नठानेर दर्ता नगरेको तर प्यान नम्बर भने लिएको बताए । उनले आफ्नो पूर्व कामदारले रिसइबी साँध्न यसरी छापा मार्न लगाएकोसमेत दाबी गरे।
-nagariknews.