यौन वर्जित विषय होइन

यौन संग्रहालय सञ्चालनका लागि सक्रिय जलकृष्ण श्रेष्ठ संग्रहालय विज्ञानमा उच्च शिक्षा हासिल व्यक्ति हुन। उनी अन्तर्राष्ट्रिय संग्रहालय  समाजका सदय तथा नेपाल च्याप्टरका संयोजक पनि हुन। संग्रहालयको क्षेत्रमा लामो समय काम गरेका श्रेष्ठ यतिखेर सबैको चासो हुने यौन  संग्रहालय स्थापना गर्ने तरखरमा छन। यौन संग्रहालय सञ्चालनका लागि राज्यको अनुमति लिएर मात्र काम गर्ने उनले बताए। यौन खेलौना  पसलहरु खुलेको अवथामा संग्रहालयका लागि राज्यले आनाकानी नगर्नुपर्ने श्रेष्ठ बताउँछन ।

संग्रहालयको प्रवृत्तिका सम्बन्धमा बताइदिनुस न ?

संग्रहालय दुई किसिमका हुन्छन- एउटा विषय आधारित, अर्को संकलनमा आधारित, जस्तो- छाउनीको राष्ट्रिय संग्रहालय, प्रारम्भमा  शत्रागारसम्बन्धी मान्यतामा स्थापना भएको थियो। राजा-महाराजा, सेनापतिहरूले प्रयोग गरेका शत्रअत्र राखेर प्रारम्भ भएको उक्त संग्रहालयमा  पछि उनीहरूको जीवनीसँग सम्बन्धित सामग्रीहरू पनि संग्रहित गरियो, जसले अहिले समग्र नेपालको परिचय झल्काउने इतिहास बोकेको छ।  राणा प्रधानमन्त्री चन्द्रशमशेर विदेश गएर आउँदा नेपालमा पनि संग्रहालय चाहिन्छ भनेर उनकै सक्रियतामा छाउनीमा संग्रहालय खुलेको हो।  दरबार क्षेत्रहरूमा संकलित संग्रहालय छन। यस्तै नेपाल हिमालहरूको देश भएकाले पोखरामा अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय खुल्यो। त्यो  पनि संग्रहित संग्रहालय हो। १४ हजार फिटभन्दा अग्ला हिमालहरू भएको देश, जहाँ पर्वतारोहण, पर्वतारोही र हिमालसँग सम्बन्धित अन्य थुप्रै  सामग्री छन। एउटै थलोमा यी सामग्रीहरू संग्रह गरेर अवलोकन गराउँदा ज्ञानको वितार त भएकै छ, आयमूलक काम पनि भएको छ। अहिले  अन्य थुप्रै विषयमा संग्रहालय खुलिरहेका छन, जुन भविष्यको पुस्त्ाका निम्ति सम्पत्ति हुन। यसले समाज विकाससम्बन्धी अनुसन्धानमा पनि  सहयोग पुर्‍याउँछ। 

तपाईंहरूचाहिँ यौन संग्रहालयमै नै किन ?

यौन मानिसको आधारभूत आवश्यकता हो भन्ने कुरा बुझाइरहनु आवश्यक छैन, यौनबिनाको जीवन वास्तवमै अधुरो हुन्छ, यौन संग्रहालय  स्थापना पनि सही यौन शिक्षा प्रदान गर्ने उद्देश्यमा केन्दि्रत छ। पर्यटकहरूलाई नेपाल तथा पूर्वीय दर्शनसँग सम्बन्धित यौन दर्शनका बारेमा  जानकारी गराउन पनि यौन संग्रहालय सञ्चालन गर्न लागिएको हो। समाजमा अश्लील कुरा प्रदर्शन गर्न यौन संग्रहालय सञ्चालन गर्न खो जिएको होइन, यौन संग्रहालयमार्फत प्रभावकारी ढंगले यौनशिक्षा दिन सकियोस भन्ने हाम्रो चाहना हो। 


यहाँ यौनको कुरा सही ढंगले सम्प्रेषण नहुँदा अनावश्यक भ्रमका कारण विकृति बढिरहेको छ। यौनका सम्बन्धमा हाम्रो दर्शन, धार्मिक ग्रन्थ  तथा विभिन्न यौन साहित्यका कुरा पनि हरेक नागरिकले बुझनु आवश्यक छ। यौन सामग्रीको सही जानकारीबाट वथ मनोरञ्जन पनि हुन्छ।  यो अवलोकनकर्ताको चासोको विषय पनि हो। यसले राम्रो गति लिए यौनशिक्षाका लागि सबैभन्दा राम्रो आधारक्षेत्र नै यही हुन्छ। एचआईभी  एडस, बालयौन दुराचार, बलात्कारजता घटनालाई निरुत्साहित एवं नियन्त्रित गर्न सही परामर्श दिने ठाउँ पनि यही नै हुनसक्छ।  


यौन संग्रहालयमा के हेर्न पाइन्छ ?

यौन संग्रहालयमा नेपालको इतिहास अनुसन्धान गरी हामी यौन प्रतिविम्ब हुने विभिन्न सामग्री जुटाउने प्रयासमा छौं। प्रारम्भमा सानो स्वरू पमा होला, तर यसको दीर्घकालीन लक्ष्यका रूपमा नेपाली यौन आधारित सबै सामग्री, पूर्वीय दर्शन र हाम्रो धार्मिक ग्रन्थमा वणिर्त यौन  आधारित कुराहरू त्यहाँ रहनेछन। कतिपय ऐतिहासिक यौन सामग्री हामीसँग छन, जसले वास्तविक पहिचान पाएका छैनन। टुँडालकै अर्थ धेरैले  बुझेका छैनन, जुन बुझाउनु आवश्यक छ। कलाका माध्यमबाट पनि हाम्रा मूर्धन्य कलाकारहरूले सांकेतिक रचनाहरू सिर्जना गरेका छन।  चित्रकला, काष्ठकला, मूर्तिकलाका माध्यमबाट पुरुष लिंग, महिलाको योनि, अन्य यौन क्रियाकलापका सांकेतिक सिर्जनाहरू थन्किएको  अवथामा छन। कलाकारहरूले रुचि भएर बनाएका ती सिर्जनाले यौन संग्रहालयमार्फत सही आधारक्षेत्र पाउनेछन। समाज यौनका बारेमा खुल्दै  गएकाले यो विषयमा उनीहरूले व्यापक बहस गर्न पाउन भनेर सभागृह हल बनाउँदैछौं। द्विआयामिक, त्रैआयामिक यौन चित्रकलाका  माध्यमबाट यौनका बारेमा सुरुदेखि अन्त्यसम्मको दृश्य प्रस्तुत हुनेछ। चलचित्रजस्तै पटकथामा दर्शकले संग्रहालय हेरेको अनुभूति गर्न सक्ने छन। कामकलाका बारेमा कलाकारहरूको सिर्जना देख्न पाइनेछ। टेलिभिजनको माध्यमबाट अश्लील नहुने गरी यौनसँग सम्बन्धित विभिन्न ज्ञान  प्रदान गरिनेछ। पूर्वीय र पश्चिमी यौन दर्शनका बारेमा वितृत जानकारी राखेर तुलनात्मक अध्ययनको वातावरण सिर्जना गरिनेछ। वथ  मनोरञ्जनका लागि आउनेहरूलाई त्यही किसिमका सामग्री उपलब्ध गराइनेछ। यौनसम्बन्धी साहित्य, पुस्तक, पत्रपत्रिकाहरूको पुस्तकालय पनि  त्यहाँ हुनेछ। 


नेपाली यौन संग्रहालयमा पृथक कुरा के हुनेछ त ? 

हामीले मान्दै आएका भगवानका यौन क्रियाकलापको कथा, वेदमा यौनका बारेमा गरिएको व्याख्या, हिन्दू र बुद्ध धर्ममा यौनको महत्त्व, को कशात्र, वात्सायनदेखि ओशोसम्मको पूर्वीय यौन दर्शन, धार्मिक-सांकृतिक रूपमा यहाँको परम्परागत यौन जीवनशैली भएपछि यो यौन  संग्रहालय पृथक र मौलिक भैहाल्छ। त्यसबाहेक हामी मगर, थकाली, नेवार, लिम्बू, बाहुन, क्षेत्री, थारु, राजवंशी, मैथिली आदि समाजको  विवाह एवं यौन संकृतिसम्बन्धी सामग्रीहरू राख्नेछौं। जस्तै एउटा जातिमा शिशु जन्मिसकेपछि मात्र युवायुवती विवाह गर्न उपयुक्त मानिन्छिन,  त्यो कुरा पनि यौन संग्रहालयमा समेटिनेछ। हाम्रा सबै जात-जातिका यौनसंकार नेपाली यौन संग्रहालयमा समेटिनेछ। हामीसँग धेरै कुरा छन,  जुन डमी बनाएर वा चित्रकलाका माध्यमबाट संग्रहालयमा प्रस्तुत हुनेछन। पश्चिमी यौनजीवनसँग सम्बन्धित सामग्रीलाई त तुलनात्मक  अध्ययनका लागि समेटने हो। 

यौन संग्रहालय सञ्चालनको कोष कसरी जुटाउँदै हुनुहुन्छ ?

संग्रहालयका लागि पक्कै पनि ठूलो धनराशिको खर्च हुन्छ। हामीसँग अहिले कुनै पनि सहयोगी हात छैनन, यो विषयमा काम गर्न रुचि भएका  साथीभाइ मिलेर लगानी गर्दैछौं। गैरसरकारी संथा गठन गरेर पहिलो चरणमा २५ लाख रुपैयाँसम्म खर्च गर्ने योजना छ।  यौन संग्रहालयका  लागि कलाकारहरूबाट निःशुल्क प्राप्त हुने सामग्री संकलन गर्दैछौं। पछि शुल्क तिरेर भए पनि यौन संग्रहालयका लागि चाहिने सामग्री खरिद  गर्छौं। कतिपय बनाउनुपर्ने हुन्छ, बनाउँछौं, अवलोकनकर्ताको चासोको विषय भएकाले यो संग्रहालय छिट्टै नै आत्मनिर्भर हुनेछ। यौन  संग्रहालयको प्रभावकारिता पुष्टि भएपछि जनचेतना फैलाउन यो शैक्षिक निकायलाई माध्यम बनाउन राज्य तथा अन्तराष्ट्रिय गैरसरकारी  संथाले पनि लगानी गर्नेछन भन्ने हाम्रो विश्वास छ। 



 

यौनशिक्षाका लागि यो सही आधारक्षेत्र हो र ? 
किशोरदेखि प्रौढसम्म सबै यौन संग्रहालयका लक्षित अवलोकनकर्ता हुन। उनीहरू यौन संग्रहालयमा के छ भनेर अवश्य आउनेछन, उनीहरू लाई संग्रहालय देखाउने क्रममै माथि भनिएजस्तै गरी चलचित्र हेरेकै अनुभूतिमा यौनका बारेमा विस्तृत जानकारी प्रदान गरिनेछ। हामी  उनीहरूको उमेर समूहअनुसारको छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर यौनका विभिन्न आयामका बारेमा जानकारी दिनेछौं। संग्रहालयमा परामशर् दाता पनि हुनेछन। हामी यौनको सकारात्मक पक्षका बारेमा जानकारी दिन्छौं। यौन संग्रहालयमा अश्लीलता पस्किएर त्यसबाट नकारात्मक कुरा  सम्प्रेषण हुन दिँदैनौं। गलत अर्थ बोक्ने सामग्री भए त्यसलाई राख्दैनौं। स्वस्थ मनोरन्जन दिने, ज्ञान प्रदान गर्ने र सही जानकारी दिने सामग्री  मात्र त्यहाँ हुनेछन। यौनकै कुरामा पनि जनावर चराचुरुंगी कुन समयमा कसरी यौनसम्पर्क गर्छन ? उनीहरूका लागि समयले कसरी महत्त्व  राख्छ, यौनजीवनका बारेमा मानव र अन्य प्राणीको शैलीसम्बन्धी जानकारी पनि दिइनेछ। यो संग्रहालय  स्वस्थ मनोरञ्जन एवं शिक्षा प्रदान  गर्ने, अनुसन्धान गर्ने संग्रहालयका रूपमा विकास हुनेछ। संग्रहालयमा नवविवाहित र युवाहरूका लागि छुट्टै शिक्षाको व्यवस्था हुनेछ। यौन  साहित्यका बारेमा गफिने वातावरण प्रदान गरिनेछ। 
 
अब यौन पर्यटनको अवधारणामा जान सकिन्छ भन्ने तपाईंहरूको मान्यता हो ?
हामी यौन पर्यटनमा जानुपर्छ भनेर त्यतिपरको कुरा गर्दैनौं, तर अवैध रूपमा भैरहेको यौनपेसालाई व्यवथित गर्न वैधताको कुराको पक्षमा  चाहिँ छौं। अराजक शैलीमा अवैध रूपमा एचआईभी एडसजस्तो संक्रमित रोग फैलाउने गरी भैरहेको यौनपेसालाई राज्यले व्यवस्थित गर्नैपर्छ।  निश्चित क्षेत्र तोक्ने त्यसलाई नियन्त्रण गर्ने बलियो संयन्त्र आवश्यक छ। तन्नेरी भएको युवालाई सहज ढंगले सुरक्षित यौनसम्बन्ध राख्न नदि ँदा झन विकृति आउँछ। यौनपेसालाई मान्यता दिने भनेर नेपाली चेलीहरूलाई यो पेसामा आउन उत्प्रेरित गर्ने भन्ने होइन, जुन बाध्यताले  उनीहरू यो पेसामा आएका छन, त्यसले इज्जत पाउनुपर्छ भन्ने मात्र हो। यौन भनेको त खानाजस्तै हो । त्यसैले सुरक्षित यौनसम्बन्धका लागि एउटा निश्चित क्षेत्र तोक्नु आवश्यक भैसकेको छ। 

 

यौन संग्रहालय सञ्चालनका लागि कहाँ-कहाँको संग्रहालय हेर्नुभएको छ ?

मैले केही समयअघि चीनको सांघाईको यौन संग्रहालय हेरेको थिएँ, जहाँ प्राकृतिक प्रस्तरको लिंग आकर्षक रहेछ। त्यहाँ अन्य थुप्रै रोचक कुरा  पनि थिए। श्रीराम सिंह बस्नेतजीले पेरिसको यौन संग्रहालय हेर्नुभएको रहेछ, जहाँ पुराना कामुक कलाहरू, विभिन्न वस्तुबाट बनेका यौ नसामग्री, विवाहपछि पुरुष महिलाको समागमको प्रस्तुति, यौन साहित्य आदि राखिएको रहेछ। खुला रूपमा यौन अभिव्यक्त गर्न पाइने एम्सर् डमको यौन संग्रहालय एवं त्यहाँको रेडलाइट एरियाका बारेमा पनि जानकारी लिएका छौं। 

यौनका कुरामा पश्चिमी दर्शनभन्दा हाम्रो पूर्वीय दर्शन धनी हो ?

यौन जीवनका बारेमा पूर्वीय र पश्चिमी दर्शनमा विभिन्न आयामले व्याख्या गरिएका छन। दर्शनमा हामी अगाडि हुन सक्छौं तर प्रयोगका  सन्दर्भमा यौनलाई पूर्वीय समाजले अनुदार विषय बनायो भने पश्चिमाहरूले यसलाई सहज रूपमा लिए। मुख्य कुरा पूर्वीय समाजले यौ नसम्बन्धलाई वंश वृद्धिको साधनका रूपमा बुझेको छ भने पश्चिमाहरू त्यतिमा मात्र सीमित नभै शरीरको आवश्यकता र स्वस्थ  मनोरञ्जनका लागि यौनसम्बन्धलाई बुझछन। 

यौन संग्रहालयका लागि ठमेल नै किन ? 

पशुपतिको जात्रा सिद्राको व्यापार, ठमेल पर्यटक आउने मुख्य थलो हो, काठमाडौंको मुख्य जक्सन पनि हो- ठमेल। ठमेलमै यौन संग्रहालय  सञ्चालन गर्ने भनेर अन्तिम निर्णय पनि भैसकेको छैन, तर ठमेल पहिलो प्राथमिकतामा छ। ठमेलमा अपरान्ह ४ देखि राति १२ बजेसम्म  संग्रहालय चलाउन सकिन्छ। रात्रिको समय संग्रहालय अझ आकर्षक पनि देखिन्छ। मानिसको उपस्थिति पनि बढी हुन्छ। ठमेलमा अहिले पनि  कामुक चित्रहरू बिक्री गर्ने, कामुक पुस्तक बिक्री हुने केही पसल छन, तसर्थ ठमेलमा यो नयाँ कुराभन्दा पनि व्यवस्थित प्रदर्शनी स्थलका  रूपमा आओस भन्ने हाम्रो योजना एवं चाहना हो।

-ekantipur.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>