भक्तपुर १० पुस । विगत पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको भक्तपुर अस्पतालको सुविधासम्पन्न नयाँभवन किड्नी विशेषज्ञ अस्पतालको रूपमा सञ्चालन हुने भनिए पनि यो योजना अलपत्र परेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले भक्तपुर अस्पतालका लागि बनेको नयाँ भवनलाई किड्नी अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि सो भवनको गत पुस २३ गते तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्नुभएको थियोे ।
अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले अस्पतालको साढे दुईतले नयाँ भवनमा तत्कालका लागि वीर अस्पतालका विशेषज्ञबाट मृर्गौलाको ओपिडी सेवा सञ्चालन गरी पछि विस्तार गर्दै लैजाने सहमति भएपनि अझै सेवा सुरु नहुँदा भवन अलपत्र परेको बताउनुभयो ।
भवन र मृगौला अस्पताल दुबै अलपत्र परेपछि भक्तपुर अस्पताल कै मातहतमा संचालन गर्न पाउनुपर्ने माग गर्दै पटक पटक भक्तपुर अस्पतालको टोली स्वास्थ्य मन्त्रालय डेलिगेसन जादा पनि मन्त्रालयले आश्वासन मात्र दिने गरेको छ ।
उद्घाटनकै दिन एकसाताभित्रै किड्नीको ओपिडी सेवा सञ्चालन गर्ने उद्घोष गरेका मृगौला अस्पताल अर्थात अंग प्रत्यारोपन उच्चस्तरीय समितिका अध्यक्ष एवं वीर अस्पतालका मृगौला विशेषज्ञ डा. विजय शर्माले अस्पताल उद्घाटन भएको एकवर्ष वितिसक्दा पनि अस्पताल सञ्चालनमा ल्याउन कुनै पहल नगरेपछि यो अस्पताल अलपत्र परेको हो । मृगौला अस्पताल सञ्चालनका लागि गत वर्ष दुई करोड रुपैया बजेट आएको भए पनि शर्मा सहितको टोलीले सेवा सुरु नगरेपछि रकम फ्रिज भएको छ ।
भक्तपुर अस्पताल श्रोतका अनुसार अध्यक्ष शर्मा स्वास्थ्य सचिव डा. सुधा शर्माको श्रीमान् रहेको र सचिव कै फोर्समा अध्यक्ष बनेका शर्माले आफूले पनि काम
नगरेको र भक्तपुर अस्पताललाई पनि काम गर्न नदिएर मृगौला अस्पताल ओगटेर राखेको हो ।
विसं २०६३ मा नेपाल सरकार एसियाली विकास बैंकको सहयोगमा रु नौ करोडको लागतमा भक्तपुर अस्पतालका लागि भनेर बनेको सुविधासम्पन्न भवनमा
सरकारले मृगौला उपचार केन्द्र खोल्ने निर्णय गरेपछि अस्पताल प्रशाासन एवं व्यबस्थापन समिति तथा सिंगो भक्तपुरका वासिन्दा खुसी भएपनि अस्पताल संचालनमा नआएपछि भने खिन्न भएका छन् ।
आफ्नै लागि बनाएको भवन अहिले आफैले प्रयोग गर्न नपाएको जनाउदै भक्तपुर अस्पतालकै स्वामित्वमा मृगौला अस्पताल रहने भएको भए मृगौलाको
ओपिडी सेवा धेरै अगाडि नै संचालनमा ल्याउन सकिने अस्पताल व्यबस्थापन समितिले जनाएको छ ।
‘ जसलाई अस्पताल सञ्चालनको जिम्मा दिईयो उसको नाम खाली भवनको भित्तामा छ, तर काम सुरु गर्ने केही पहल भएको छैन, उनीहरुलाई क्लिनक धाएर पैसा कमाउनै फुर्सद छैन भक्तपुरमा आएर किड्नी अस्पताल के चलाउन, यो त भवन ओगट्ने मेसो मात्र हो ’— समितिले गुनासो गर्यो ।
भक्तपुर अस्पतालको पुरानो भवन जीर्ण बनेर पानी चुहिएर विरामी अन्यन्त्र सार्नुपर्ने अवस्था आएपछि खाली रहेको सो नयाँ भवनको केही कक्ष विरामी
राख्नको लागि मागेपनि स्वीकृति नदिएपछि अहिले भक्तपुर अस्पताललाई आफ्नै लागि बनेको नयाँ भवन हात्ती आयो हात्ती आयो फुस्सा भएकोछ ।
‘ यो भवन बनाउनका लागि बजेट माग गरेर धेरै धायौ, बजेट ल्याएर अस्पतालको भवन निर्माणमा धेरै मिहेनत गर्यौ अहिले आफैलाई आपत पर्दा केही समयका लागि खाली भवनको केही कक्ष संचालन गर्न माग गर्दा स्वीकृति पाईएन यो भवनको हामीलाई के अर्थ ’— भक्तपुर अस्पतालका कर्मचारीले रोष प्रकट गरे ।
भक्तपुर अस्पतालको शैया विस्तार गर्ने स्वीकृतिका साथ नयाँभवन संचालनमा ल्याएर अस्पताललाई १०० शय्या क्षमतामा विस्तार गर्न ओपिडी, अत्याधुनिक
अपरेसन थिएटर, बैठक कक्ष, बिरामीका लागि भान्छा कक्ष, अपाङ्गका लागि सहज मार्गसमेतको निर्माण गरेको थियो ।
सो भवनमा भक्तपुर अस्पतालले नै मृगौला केन्द्र संचालनमा ल्याउन पहल सुरु गरि स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको दुईवर्षपछि
मन्त्रिपरिषद्को बैठकले किड्नी अस्पताल संचालन गर्ने निर्णय गरपनि किड्नी अस्पतालमा भक्तपुर अस्पतालको स्वामित्व नरहने गरि अचानक मृगौला अस्पताल संचालनमा नयाँ व्यबस्थापन समिति तोकिएपछि अहिले यो अस्पताल अलपत्र अवस्थामा रहेको हो ।
किड्नी अस्पताल सञ्चालन गरिने भएपछि किड्नीसम्बन्धी समस्या भएका बिरामीले भारत लगायतका मंहगा अस्पतालमा जानु नपर्ने, सरकारी अस्पतालमा सर्वसुलभ उपचार पाउनेमा स्थानीयवासी आशावादी थिए ।
भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीलगायतका बिरामीले सेवा पाउँदै आएको यस अस्पतालमा किड्नी अस्पतालसमेत संचालन गर्नसकेको भए
मुलुमभरका विरामीले सेवा पाउने भएपनि योजा अलपत्र परेपछि सबैको आशा निराशामा परिणत भएको छ