सम्पत्तिमा हकबन्दी नलाग्ने गरि गरेको माओवादीे सहमति आत्मासमपर्ण हो—बिजुक्छें

भक्तपुर २ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले संवैंधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले नयाँ संविधानमा नीजि सम्पत्तिमा हकबन्दी नलाग्ने गरि गरेको सहमति प्रति आपत्ति जनाउनु भएको छ ।
      भक्तपुर नगरपालिकाको २० औ स्थापना दिवसको उद्घाटन गर्दै बिजुक्छेले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको उपसमितिले गरेको निर्णय माओवादीको आत्मसमपर्ण भएको आरोप लगाउनु भयो ।
      बिजुक्छेले भन्नुभयो—“ विगतमा नीजि सम्पत्ति र जग्गाको हदबन्दीलाई प्रमुख राजनीतिक मुद्धाको रुपमा उठाउदै आएको माओवादीले अहिले यही मुद्धामा सहमति जनाउनु भनेको माओवादीको आत्मसमपर्ण हो ।”
      माओवादीले आत्मसमपर्ण मात्र नगरी पूजीँपति वर्ग र सामान्तवादीको प्रश्रय गरि आम नागरिकलाई धोका दिएको टिप्पणी गर्दै उहाँले प्रश्नगर्दै भन्नुभयोे—“यही हो माओवादीको क्रान्तिकारी भूमीसुधार ?”
      बिजुक्छेले सहमतिको सरकार बनाउने भनेपनि यो संभावना कम भएको टिप्पणी गर्दै भागवण्डा मिलेमात्र सहमतिको सरकार बन्ने भएकाले सहमति हुन गाह्रो हुने उल्लेख गर्नुभयो ।
      सरकारले नेपाली सेनामा समूहगत रुपमा मद्येशीलाई प्रवेश गराए मुलुकका लागि घातक हुने बताउदै भारतको ईसारामा चलेको मद्येशवादी दलको यस्तो प्रस्तावले नेपालको सुरक्षा निकायलाई समेत धक्का पुग्ने भएकाले समूहगत प्रवेश गर्न नहुने बताउनुभयो ।
 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>