जिल्लाका ७२ वटा सामुदायिक विद्यालयलाई खानेपानी ट्याङ्की वितरण

रमेश गिरी
       भक्तपुर २९ मंसिर । जिल्ला विकास समिति अन्तर्गत आदीवासी जनजाती समन्वय समिति भक्तपुरले आज जिल्लाका ७२ वटा सामुदायिक विद्यालयहरुलाई खानेपानी ट्याङ्की वितरण गरेको छ ।
       समितिले जिविसमा आयोजना गरेको ट्याङ्की वितरण कार्यक्रममा उपस्थित रहेका ७२ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई ट्याङ्की हस्तान्तरण गरेको हो ।
       कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानिय विकास अधिकारी राजेन्द्रकुमार केसीले ट्याङ्की हस्तान्तरण गर्नु भएको हो ।
       समितिले जिल्लाका नौ वटा उच्च माध्यामिक विद्यालय, २० वटा माध्यामिक विद्यालय, २६ वटा निम्न माध्यामिक विद्यालय र १७ वटा प्राथमिक विद्यालयहरुलाई ट्याङ्की वितरण गरेको हो ।
       विद्यालयमा खानेपानीको अभाव हुन नदिन र पानी संचित गर्नका लागि उच्च मावि र माविलाई एक हजार लिटरको र निमावी तथा प्राबिका लागि पाँचसय लिटरका दरले ट्याङ्की वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>