रमेश गिरी
भक्तपुर २९ मंसिर । अमेरिकाको फ्लोरिडा राज्यमा रहेको अवि कट्टेल मेमोरियल फाउण्डेसनले आज भक्तपुरमा अन्तराष्ट्रिय एकेडेमिक छात्रबृत्ति वितरण गरेको छ ।
फाउण्डेसनले आज भक्तपुर उद्योग वाणिज्य संघमा आयोजना गरेको छात्रबृत्ति वितरण कार्यक्रममा फाउण्डेसनका नेपाल प्रतिनिधी तथा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले नेशनल कलेजकी छात्रा अन्जनी जोशीलाई एक हजार अमेरिकी डलर बराबरको नेपाली रकम ८२ हजार रुपैया प्रदान गर्नुभयो ।
अमेरिका मै बस्दै आउनु भएका डा. विजय कट्टेल र श्रीमति अर्चना कट्टेलले आफ्नो ओरा अभिको मृत्यु पछि सन् २००६ मा स्थापना गरेको छात्रबृति कोषबाट फरक फरक शिर्षकमा हरेक वर्ष दुई जनालाई यस्तो छात्रबृत्ति प्प्रदान गर्ने गरेको छ ।
अहिले सम्म अमेरिकामा बस्दै आएका नेपालीहरुले पाउदै आएको यो छात्रबृत्ति यसवर्ष नेपाल मै बसेर अध्ययन गरिरहेकी जोशीले उक्त छात्रबृत्ति पाएकी हुन् ।
छात्रबृत्ति पाएपछि जोशीले अहिले आफू स्नातक तह तृतिय वर्षमा अध्ययन गदैृ रहेको अब स्नातकोत्तर अध्ययन गर्न र सामाजिक विकासको क्षेत्रको अध्ययनमा उक्त रकम खर्च गर्ने बताउनुभयो ।