अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद

मङ्सिर ११- ३ लाख ११ हजार नक्कली नेपाली रुपियाँसहित २ जना पक्राउ परेका छन्। यसअगाडि फाट्टफुट्ट जाली नेपाली रुपियाँ फेला पर्ने गरे पनि आइतबार सार्वजनिक रकम अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जाली नोटसहित विनोदकुमार शाह र शिवशक्ति पोखरेललाई पक्राउ गरेको हो। प्रहरीले दुवैलाई कोटेश्वर चोकबाट पक्राउ गरी उनीहरुको साथबाट पाँच सय र एक हजार दरको तीन लाख एघार हजार जाली नेपाली रुपियाँ बरामद गरेको हो।

८ गते पक्राउ परेका दुवै जनालाई ब्युरोले आइतबारमात्र सार्वजनिक गरेको थियो। ब्युरो अधिकारीका अनुसार दुवै जना जाली नोटको कारोवारमा संलग्न रहेको सूचनाको आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। पक्राउ अभियुक्तमध्ये शाह यसअगाडि नक्कली भारतीय रुपियाँको कारोबारमा सक्रिय थिए। उनले कैद सजाय भुक्तान गरी रिहा भएपछि पोखरेलसँग मिलेर पुन: जाली नेपाली रुपियाँको कारोबार सुरु गरेको ब्युरोले जनाएको छ।

ब्युरो अधिकारीका अनुसार पोखरेल बानेश्वरमा रेडिमेड कपडाको व्यापारमा सक्रिय थिए। उनैले शाहलाई जाली नेपाली रुपियाँ उपलब्ध गराउने गर्दै आएका थिए। जाली रुपियाँको कारोवारमा संलग्न रहेको अभियोगमा दुवै अभियुक्त महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

(nagariknews)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>