दुई दिन २३ घन्टामा सगरमाथाबाट दौडेरै राजधानी !

काठमाडौं, मंसिर २ – विमान नउडेर पर्यटक अलपत्र परेको समाचार आइरहँदा एक वेलायती धाविका भने सगरमाथा आधार सिविरबाट दौडिएरै दुई दिन २३ घन्टामा राजधानी आइपुगेकी छिन्। विश्‍वका अल्ट्रा रेस धावकमा चर्चित लिजे हकर गत बुधबार आधार सिविरबाट दौडदै आज बिहान दशरथ रंगशाला आइपुगेकी हुन्। 

उनले यसअघि यही दुरीमा बनेको कीर्तिमानसमेत तोडेकी छिन्। यसअघि सगरमाथा आधार सिविरबाट काठमाडौंसम्मको दौडको रेकर्ड ३ दिन २ घन्टा ३९ मिनेट थियो। शुक्रबार बिहान ७:५० बजे उनले दशरथ रंगशालासम्मको यात्रा पूरा गरेकी हुन्।

(nagariknews)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>